सिडिओ थापाद्वारा छड्के अनुगमन, कार्यालय प्रमुखसहित ९८ कर्मचारी अनुपस्थित 

राजविराज, २५ असार । सप्तरीका अस्पताल र सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनबाट ९८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ ।

अस्पताल तथा सरकारी कार्यालयहरुमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि सोमबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले छड्के अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा १३ जना चिकित्सकसहित ८९ जना  स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको सिडिओ थापाले बताए । ‘अस्पताल जस्तो संवेदनशील कार्यालयमा पनि ठुलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु अनुपस्थित रहनु दुःखद् विषय हो’ उनले भने, ‘यस्तो परिपार्टी सुधार नभए अब उपरान्त त्यस्ता चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कारबाही हुन्छ ।’

त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयमा कार्यालय प्रमुख रेखाकुमारी यादव, सूचना अधिकारी कमलनारायण साहसहित ८ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

अनुगमनको क्रममा कार्यालय प्रमुख यादव उपस्थित भए तापनि असार २२ गतेदेखि नै उनले हाजिर नगरेको पाइएको सिडिओ थापाले जानकारी दिए । त्यस्तै, सूचना अधिकारी साहले पनि असार ४ गतेपछि हाजिर गरेका छैन् ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा एक जना कर्मचारी अनुपस्थित रहेको पाइएको उनले बताए । ‘अनुपस्थित देखिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुसँग पहिलो चरणमा स्पष्टिकरण माग गर्ने र चित्त बुझ्दो स्पष्टिकरण नआएको खण्डमा सम्बन्धित कार्यालयमा कारबाहीको लागि सिफारिस गरिनेछ’, सिडिओ थापाले भने ।

अनुगमनकै क्रममा सिडिओ थापाले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई नियमित रुपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिए ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780