उपमेयर मीरा विरुद्ध चौथो पटक म्याद थप, पति महेन्द्र अझैं फरार (फलोअप)

राजविराज, १ साउन । नागरिकता सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव विरुद्ध चौथो पटक म्याद थप भएको छ ।

सप्तरी जिल्ला अदालतले सोमवार उनलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनी विरुद्ध थप ७ दिन म्याद थप भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘सोही आरोपमा फरार रहेका उनका पति महेन्द्रकुमार यादवको खोजी भइरहेको छ’, उनले भने ।

असार १९ गते पक्राउ पुर्जी जारी भएपछि उनी २० गते प्रहरीसमक्ष उपस्थित भएकी थिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780