भूकम्प पीडितका लागि सप्तरीबाट पठाइयो राहत सामग्री

राजविराज, २३ कार्तिक । जाजरकोट र रुकम (पश्चिम)को भूकम्प पीडितका लागि सप्तरीबाट राहत पठाइएको छ ।

सप्तरी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटी सप्तरी, सप्तरी युथ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणकुमार प्रधानबाट उपलब्ध गराइएका राहत सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका लागि पठाइएको हो ।

पीडितका लागि सप्तरी उद्योग वाणिज्य संघले १ सय थान साडी, ५०/५० थान ज्याकेट र उनीको टोपी, सप्तरी युथले २५ हजार रुपैयाँ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रधानले २० थान त्रिपाल तथा रेडक्रस सोसाइटी सप्तरीले १ सय थान कम्बल उपलब्ध गराएका हुन् ।

ती सामग्री बिहिवार प्रमुख जिल्ला अधिकारी किरण थापालाई हस्तान्तरण गरिएको छ । उक्त सामग्री पीडितका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत आइतवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस