समाजसेवी गिरीद्वारा पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत

विराटनगर । टोपी दिवसको अवसर पारेर समाजसेवी अभिषेक गिरीले रानी–जोगबनी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गरेका छन् ।

सोमबार गिरीसहित गिरी फाउन्डेसन आवद्ध व्यक्तिहरुले नयाँ वर्ष २०२४ र टोपी दिवसको शुभकामना दिँदै भारतीय पर्यटकलाई टोपी र खादा लगाएर स्वागत गरेका हुन् ।

साथै, गिरीले रानी–जोगबनी नाकाबाट मात्र नभएर अरू नाकाबाट नेपाल भित्रने पर्यटकहरूलाई सम्मानका साथ नेपाल भित्र्याउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग अनुरोध गरे ।

भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा सुरक्षा निकायले सास्ती दिएको गुनासो आउने गरेको अवगत गराउँदै गिरीले यसो नगरिदिन प्रहरीसमक्ष आग्रह गरे ।

उनले भारतीय प्रहरीसमक्ष पनि नेपाल–भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको बताउँदै नेपालका उपभोक्ता वा पर्यटकप्रति सम्मानजनक व्यवहार गरिदिन अनुरोध गरे ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी महेश केसी, विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश साहलगायत सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस