फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको बिषय हुनुपर्छ : इयु राजदुत

बर्दिबास – युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छन् । मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारबाला संगको छलफलमा राजदुत लोरेन्जोले यस्तो बताएकी हुन ।

उनले बाताबरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिंदै यसलाई राजनीतिक रुपमा स्थानिय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन । ´वातावरणलाई राजनीतिक रुपमा पनि प्राथमिक दिनु पर्छ ।वातावरणलाई चक्रीय अर्थतन्त्र संग जोडन सके यसले पर्यावरण संरक्षणसॅंगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।`, उनले भनिन ।

त्यस्तै, नेपालका लागि जर्मन राजदुत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा् राखेका थिए ।

बर्दिबास नगरपालिकाको उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसॅंग सहकार्य गरेर अगाडी बढी रहेको बताइन । उनले अहिलेपनि फोहोरमैला क्षेत्रमा काम भैरहेको जानकारी गराउंदै अझै नितिगत स्पष्टता सहित दीर्घकालीन ब्यबस्थापनमा जोड दिइन ।

स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला व्यवस्थापन विश्वव्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए ।

त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, युरोपिएन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिधालयका प्राधानाध्यापक सहित बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त बिधालयमा `क्लाइमेट स्मार्ट स्कुल´ परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780