भेटेरिनरी अस्पतालमा औषधि खरिदमा बदमासी, अख्तियारले छानबिन गर्दै 

राजविराज–सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालिन प्रमुख शंकर साहले औषधि खरिदमा बदमासी गरेको पाइएको छ ।

गत मंसिरको दोस्रो साता औषधि खरिद गरेको भन्दै पर्साको वीरगंज महानगरपालिका–१६ स्थित जय माँ भवानी भेट कन्सर्नलाई ३ लाख २७ हजार ८ सय ९३ रुपैयाँ भुक्तानी दिइएको छ । तर, उक्त फर्मले मूल्य सूचीसहित दिएको निवेदनमा मितिसम्म उल्लेख रहेको छैन् भने वीरगंजकै अन्य दुई वटा फर्मको मूल्य सूची राखेर मिलेमतोमा औषधि खरिद गरिएको खुल्न आएको हो ।

कर्मचारी श्रोतका अनुसार अस्पतालमा उपलब्ध रहेको औषधिहरु मंसिर ८ गते नै जलाएर नष्ट गरिएको थियो । ‘डेट एक्सपायर थियो भन्छन् तर यहाँ औषधि अपुग हुने गरेकोले आवश्यकताभन्दा कम–कम दिएर काम चलाउँदै आएको वर्षौदेखि हेर्दै आएको छु’ उनले भन्यो, ‘अनि डेट एक्सपायर कसरी हुन गयो ?, खरिद भएका औषधि पनि त्यो बेलाको हाकिम सा’बले नै खरिद गर्नुभयो ।’

औषधि के–कति परिमाणमा कुन–कुन औषधि र के–कति कारणले जलाएर नष्ट गरिएको रेकर्ड अस्पतालमा छैन् ।

अस्पतालका प्रमुख डा.राम पवित्र दासले औषधि नष्ट गरिएको रेकर्ड नरहेको बताए । ‘औषधि नष्ट गरिएको रेकर्ड नभएपछि हामीलाई जानकारी हुने कुरै भएन’ उनले भने, ‘खरिद गरिएका औषधि भने स्टोरमा छ ।’

अस्पतालका तत्कालिन प्रमुख साहले कोटेशनमार्फत खरिद गरेको औषधिवापतको भुक्तानी गत मंसिर १५ गते गरेका छन् । तर, दुई साता नवित्दै पुनः राजविराजस्थित खाद्य विज भण्डारबाट औषधि खरिद गरेको अस्पतालको खर्च विवरणमा उल्लेख रहेको छ ।

आवश्यकताको आधारमा ‘इस्टिमेट’ अनुसार औषधिहरु खरिद गर्नुपर्नेमा प्रमुख साहले बजेट सिध्याउनैका लागि औषधि खरिद गरेको कार्यालय श्रोतको भनाई छ ।

अख्तियारले छानबिन गर्दै 

औषधि खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारले पत्राचार गर्दै औषधि खरिद प्रक्रियाबारे अस्पतालसँग आवश्यक कागजात माग गरेको छ ।

अख्तियारले औषधि खरिद प्रक्रियाबारे माग गरेको कागजात पठाएको अस्पतालका प्रमुख दासले बताए । ‘औषधि खरिद प्रक्रियाबारे अख्तियारबाट पनि पत्र आएको थियो र हामीले आवश्यक कागजात पठाइसकेका छौं’, उनले भने ।

अस्पतालका तत्कालिन प्रमुख साहले सूचना आह्वान गर्दा वीरगंजकै ३ वटा फर्मबाट आवेदन आएकामध्ये कम रकम कबोल गरेको फर्मसँग औषधि खरिद गरिएको बताए । ‘मिलेमतो भएको छैन्, हामीले प्रक्रियागत नै औषधि खरिद गरेका छौं’ कोटेशनमार्फत औषधि खरिद गरेको दुई साता नवित्दै पुनः औषधि खरिद गर्नुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्नमा उनले भने, ‘हामीले शिविरहरु सञ्चालन गरिरहने हुनाले त्यसमै आवश्यकता परेपछि खरिद गरेका थियौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780