कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति नबनाई विश्वासको मत माग्दा प्रतिपक्ष सांसदले वेल घेरेर नाराबाजी गरिरहेका थिए । त्यही बेला प्रधानमन्त्री प्रचण्डले देश विकासको गतिमा अघि बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस