सप्तरीमा खाँडो नदीको बाढी पसेर तीन दर्जन घर डुबान

राजविराज-सप्तरीको रुपनी गाउँपालिकामा खाँडो नदीको बाढी पसेर तीन दर्जन घर डुबान भएको छ ।

नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्ती पसेको हो । बाढीले वडा नम्बर १ का ३० घर डुबानमा भएको पुर्व वडाध्यक्ष पिताम्बर यादवले जानकारी दिएका छन् ।

जिल्लाको खाँडो नदीको रुपनी गाउँपालिकास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयहरुले जानकारी दिए ।

यता, सप्तरीको सप्तकोशी नगरपालिकास्थित टेंग्रा खोलामा आएको बाढीले कञ्चपुर-फत्तेपुर सडक खण्ड जलमग्न भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस