मिथिला बिहारीका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम, २१ असार–धनुषाको मिथिला बिहारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवलगायत चार जनाविरुद्ध शुक्रवार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सुभाषकुमार झा, जिन्सी शाखाका प्रमुख उपेन्द्र यादव र मजदुर होजियारी उद्योगका प्रोपाइटर रामसुन्दर साह तेलीविरुद्ध विशेष अदालतमा उक्त मुद्दा दायर गरेको हो ।

उनीहरूले विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रममा पाँच लाख ३४ हजार ७१० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९–०८० मा मिथिला बिहारी नगरपालिकामा–९ स्थित आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमअन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्यितारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले आपूर्तिकर्ताको झुट्टा दरभाउ पत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराई सामग्री गरिद गरी पाँच लाख ३४ हजार ७१० रुपैयाँ भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार