मधेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने एमाले मधेश प्रदेशको निर्णय

जनकपुरधाम—मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले मधेश प्रदेशले विश्वासको मत दिने भएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रदेश सरकारको बजेटमा भएको त्रुटि संशोधन गरेर अगाडि बढ्ने र नयाँ सत्ता गठबन्धनअनुसार सरकारमा सहभागी हुने विषयमा छलफल भएको खेलकुद तथा समाज कल्याण राज्यमन्त्री शारदा देवी थापाले बताइन् ।

सिंहले भोलि बिहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार