सप्तकोशी नदीमा बगेर एक जना वेपत्ता, खोजी कार्य जारी

राजविराज, २३ असार-सप्तकोशी नदीमा आइतवार साँझ दाउरा छान्ने क्रममा एक जना वेपत्ता भएका छन् ।

कोशी ब्यारेजमा दाउरा छानिरहेका एक जना नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढृण्डिराज नेउपानले बताए ।

‘नदीमा खसेर बेपत्ता भएको कुरा पुष्टि हुन आएको छ तर अहिलेसम्म नाम र ठेगाना खुल्न सकेको छैन्’ उनले भने, ‘उनको खोजी कार्य जारी रहेको छ ।’

दुई दिनदेखि निरन्तरको वर्षाका कारण आइतवार दिउँसोसम्म पानीको वहाव बढ्दो रहेपनि साँझदेखि घट्न थालेको छ । साँझ ६ बजे गरिएको मापनअनुसार पानीको वहाव ३ लाख ८५ हजार ६५० क्यूसेक रहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

यसअघि दिउँसो ५ बजे भने पानीको वहाव ३ लाख ९३ हजार ७१५ क्यूसेक रहेको थियो । 

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार