खुरहुरियामा दिउँसै लाखौंको चोरी, माटोमुनि गाडेर राखिएको गरगहना पनि लग्यो  

राजविराज, २३ असार–सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियामा आइतवार दिउँसै लाखौंको चोरी भएको छ ।

स्थानीय देवलाल यादवको घरमा चोरी भएको हो । दिउँसो साढे १ बजे कोही नभएको बेला घरमा पसेर माटोमुनि गाडेर राखेको दुई लाख रुपैयाँ नगद तथा करिब ८ लाख रुपैयाँ बराबरको सुन र चाँदीका गरगहना चोरी भएको स्थानीय श्रवण यादवले जानकारी दिए ।

चोरी भएको जानकारीसँगै घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानले जानकारी दिए । ‘म आफैं पनि घटनास्थल पुगे र स्थानीयहरुले दिएको मोटरसाइकलको नम्वरका आधारमा चोरी घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा पनि लिएका छौं’ उनले भने, ‘नियन्त्रणमा लिइएका मान्छे भारतीय हो, र पाहुना आएको भन्नुहुन्छ ।’

थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नेउपानले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार