पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापन

राजविराज, १७ साउन–कामै नगरी एक करोडभन्दा बढी निकासा लिएको विषयमा समाचार लेख्ने पत्रकारलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिनेमाथि कारबाहीको माग गर्दै बिहिवार नेपाल पत्रकार महासंघ, सप्तरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापन–पत्र बुझाएको छ ।

महासंघ, सप्तरीका कोषाध्यक्ष समेत रहेका पत्रकार नवीनकुमार गुप्तालाई गत सोमबार साँझ फोनमार्फत महादेवा गाउँपालिका–६ बस्ने अभिषेक मण्डलले ज्यान मार्ने धम्की दिएका थिए । ज्यान मार्ने धम्की दिएका मण्डललाई कारबाहीको माग गर्दै महासंघले प्रहरीमा दिएको निवेदनउपर सुनुवाई नभएपछि गत बुधवार आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सोअनुसार नै बिहिवार सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवलाई ज्ञापन–पत्र बुझाइएको महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले जानकारी दिए । उनका अनुसार शुक्रबारदेखि सप्तरी प्रहरीको समाचार बहिष्कार गर्ने र हातमा कालो पट्टि बाँधेर सप्तरीका पत्रकारहरुले काम गर्ने आन्दोलन रहेको छ ।

यसैबिच बिहिवारै प्रहरीले धम्की दिने मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यद्यपी, कानूनअनुसार प्रक्रिया अघि बढाउन प्रहरीले अनाकानी गर्दै आएको महासंघले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार