एनएमबि बैंक तिलाठी कोईलाडी शाखाद्वारा टी–शर्ट र पंखा हस्तान्तरण

राजविराज–एनएमबि बैंक लिमिटेडले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तीन पाङ्ग्रे सवारी चालकहरुलाई टी-शर्ट र क्यूआर कोर्ड वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत टी–शर्ट र क्यूआर हस्तान्तरण गरिएको बैंकको तिलाठी कोईलाडी शाखाका प्रमुख सुरेश कुमार साहले बताए । उनका अनुसार नगद छोडौं, क्यूआर रोजौं भन्ने नाराका साथ क्यूआर कोर्ड वितरण हो ।

त्यस्तै, सोही गाउँपालिका–१ बेल्ही प्रहरी चौकीलाई स्टयाण्ड पंखा पनि हस्तान्तरण गरिएको शाखा प्रमुख साहले बताए ।

उक्त कार्यक्रममा शाखा तिलाठी कोइलाडीका अपरेसन ईन्चार्ज दिपेन्द्र दास, वडा अध्यक्ष दिनेश्वर मिश्र, गाउँपालिकाको पंजिकरण शाखाका कर्मचारी शैलेन्द्रकुमार सिंह लगायत बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको एनएमबि बैंकका हाल देशभरि २ सय १ शाखाहरु, १ सय ८७ वटा एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् । उक्त बैंकले दिफिनान्सियल टाईम्स, लण्डनस्थित ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट प्राप्त गरिसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार