नापी प्रकरण : साहलाई रिहाईको माग गर्दै प्रदर्शन, प्रहरीद्वारा लाठीचार्ज

राजविराज, २० भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेलाई नै पक्राउ गरेर मुद्दा चलाएपछि बिहिवार प्रदर्शन भएको छ ।

पक्राउ परेका जिल्लाको रुपनी बस्ने प्रमोदकुमार साह ‘राणा’ को रिहाईको माग गर्दै स्थानीयहरुले जिल्ला प्रहरी कार्यालयको गेट अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनकै क्रममा प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले पनि ढुंगामुढा गरेका छन् ।

ढुंगामुढा गर्ने ७ जना महिला र १ जना पुरुष गरी ८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज नेउपानेले बताए । ‘हामीले लाठीचार्ज गरेका छैनौं, ८ जनालाई नियन्त्रणमा चैं लिएका छौं ।’, उनले भने ।

मंगलबार नापी कार्यालय सप्तरी अन्तर्गतका राजविराज वडा नम्वर ७ स्थित सञ्चालित २ नम्वर नापी टोलीमा कार्यरत अमिन राम राउत र सेवाग्राहीहरुबिच विवाद भइरहदा साहले भिडिओ रेकर्ड गरेका थिए ।

उक्त भिडिओ सञ्चारमाध्यममा पनि प्रशारण भएको थियो । भिडिओ रेकर्ड गरेको निहुँमा नापी कार्यालयले मुद्दा चलाउन पत्राचार गरेपछि साहलाई बुधवार पक्राउ परेर आपराधिक उपद्रव मुद्दामा म्याद थप लिइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार