मधेश आन्दोलनका शहिद रामकृष्णको नवौं स्मृति दिवस मनाइयो

राजविराज-मधेश आन्दोलनका शहिद रामकृष्ण राउतको नवौं स्मृति दिवस मनाइएको छ । आइतबार हनुमाननगर कंकालिनी नगरपालिका-१भारदहस्थित कंकालिनी मन्दिरको हलमा स्मृति दिवस एक कार्यक्रम गरि मनाइएको हो ।

उक्त अवसर‌‌मा शहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठान नेपालद्वारा प्रत्येक बर्ष वितरण गर्दै आएको छात्रवृत्ति यस बर्ष विपी माविका छात्र अमन देव र पुष्पाञ्जली माझीलाई प्रदान गरिएको छ । शहिद रामकृष्ण राउतको नवौं स्मृति दिवसको अवसारमा भारदहमा  आयोजित एक समारोहका वीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उनीहरुलाई छात्रवृत्ति प्रदान गरेका हुन् । 

प्रतिष्ठानका अध्यक्ष राज कुमार राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले र हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझीले जनही  ५ हजार नगद राशीसहितको छात्रवृत्ति  र प्रमाणपत्र, स्टेसनरी प्रदान गरे । 

कार्यक्रममा मधेश आन्दोलनका क्रममा घाइते भएका हनुमाननगर कंकालिनी नगरपालिका १ का वडा अध्यक्ष सुरेन्द्र मण्डल,गोपालराज मण्डल, देव नारायण विश्वासलाई मुख्यमन्त्री सिंहले दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

प्रत्येक बर्ष शहिद रामकृष्ण राउतको स्मृति दिवसको अवसरमा एसइई परिक्षामा उत्कृष्ट अंक ल्याएर उतिर्ण २ जनालाई वितरण गर्दै आएको छात्रवृत्ति यसबर्ष भारदह स्थित विपी माविका  देव र माझीलाई प्रदान गरिएको प्रतिष्ठानका उपाध्यक्ष धर्मपाल राउतले जानकारी दिए । 

उक्त अवसरमा, जनमत पार्टीका नेता थानेश्वर प्रसाद साह, लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन मण्डल,  पुर्व वडा अध्यक्ष भिमराज मण्डल, पुर्व गाविस अध्यक्ष पबन कुमार मण्डल, कंकालीनी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष लक्ष्मण मण्डल, गजेन्द्र माझी, जयसुम्दर खिडहरी यादवलगायत विद्यार्थी तथा अभिभावकहरुको उपस्तिथिति रहेको थियो ।  

पत्रकार जितेन्द्र कुमार झा जितुद्वारा संचालित कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष धर्मपाल राउतले गरे । 

२०७२ भदौ २३ गते तेश्रो मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागि निधन भएका सहिद रामकृष्ण राउतको स्मृतिमा  प्रतिष्ठानले छात्रवृत्ति कोष स्थापना गरी  दुईजना जेहेन्दार विद्यार्थीलाई  प्रत्येक बर्ष छात्रवृत्ति  प्रदान गर्दै आएका छन् । 

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार