प्रम र मुख्यमन्त्रीलाई जसपा नेपालको ज्ञापन–पत्र : माग वेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी

राजविराज–जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले विभिन्न मागअघि सार्दै प्रधानमन्त्री तथा मुख्यमन्त्रीका लागि ज्ञापन–पत्र बुझाएको छ ।

बुधवार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री केपि शर्मा ओली तथा मधेश प्रदेश मुख्यमन्त्री सतिशकुमार सिंहका लागि ज्ञापन–पत्र बुझाएको हो । जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पुगेका पार्टीआवद्ध नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीमार्फत दुवै ज्ञापन–पत्र बुझाएका छन् ।

हालै सरकारले विभिन्न देशका लागि भएको राजदूत नियुक्ति समावेशी नभएको भन्दै मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसंख्यक समुदाय, खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न प्रधानमन्त्रीका लागि बुझाएको ज्ञापन–पत्रमा उल्लेख रहेको छ ।

त्यस्तै, मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले शिक्षा क्षेत्रलाई नै तहस नहस पार्ने गर्ने नियतवस मधेश प्रदेशमा सञ्चालित विश्वविद्यालयहरुमा १० लाख मात्र बजेट विनियोजन गरी शिक्षा क्षेत्रलाई धरासायी बनाएको र अघिल्लो सरकारले संचालनमा ल्याएको मधेश प्रदेशको गौरवको रुपमा रहेको योजनालाई समाप्त पार्ने षड्यन्त्र गरेकोले बजेटको समुचित व्यवस्था गरी शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने मागसहित मुख्यमन्त्रीका लागि बुझाइएको ज्ञापन–पत्रमा उल्लेख रहेको छ ।

जसपा नेपालले राखेको जायज माग सम्बोधनप्रति प्रधानमन्त्री र मुख्यमन्त्री गम्भीर नदेखिए सशक्त आन्दोलनमा उत्रिनु बाध्य हुने ज्ञापन–पत्रमा चेतावनी समेत दिइएको छ । उक्त कार्यक्रममा जसपाकी केन्द्रीय सदस्यहरु पुनम कुमारी यादव, उपमा देव र रमिलादेवी साह लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार