बलान बिहुलमा द्वन्द पिडितलाई सुविधाका लागि परिचय–पत्र दिईने

रामशंकर भण्डारी
राजविराज–सप्तरीको बलान बिहुल गाउँपालिकामा न्यायमा पहुँच सवलिकरण परियोजना अन्तर्गत सामुदायिक अंकपत्र समिक्षा गोष्ठीको आयोजना गरिएको छ ।

बुधवार गाउँपालिका तथा न्यायका लागि नागरिक सञ्जालको समन्वयमा समग्र जन उत्थान केन्द्र लहानले गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले कार्यक्रम शुन्यबाट सुरू भएकोले सोचेजस्तो उपलब्धि नभएपनि द्वन्द पिडितको क्षेत्रमा काम गर्न बलान विहुल गाउँपालिकाले ठुलो आधार बनाई सकेकाले अगाडिको दिनमा द्वन्द्व पिडितको गुनासो कम हुँदै जाने बताए ।

उनले द्वन्द्व पिडित परिवारलाई शिक्षा, स्वास्थ्य रोजगारसहित न्यायमा पहुँच पर्याउने गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै पहिलो चरणमा द्वन्द्व पिडितको तथ्यांक संकलन तथा कार्यविधि बनाएको अब चाँडै अस्थाई परिचयपत्र वितरण गरिने बताए ।

‘द्वन्द्व पिडित परिवारमा रोजगारीको ब्यवस्था मिलाउन गाउँपालिकाले बिभिन्न किसिमको सिपमुलक तालिमको ब्यवस्था मिलाई साना तथा मझौला व्यवसाय गर्नका लागी बीउ र पुँजीको व्यवस्थापन मिलाउने र द्वन्द्व पिडित परिवारलाई औषधी उपचारका लागि स्वास्थ्य बिमा कार्यक्रममा जोडनेछौं’ उनले भने ।

गोष्ठीमा सामुदायिक अंकपत्र समिक्षा गोष्ठीमा सामुदायिक अंकपत्रको अवधारणा कार्यान्वयन विधि प्रक्रिया र महत्वबारे न्यायमा पहुँच सवलिकरण परियोजना ब्यवस्थापक रामकृपाल साहले प्रष्ट पारे । गोष्ठीमा स्थानिय सरकारले द्वन्द पिडितको वर्गिकरण र तथ्यांक संकलन, स्थानिय सरकारले आयोजना गर्ने योजना तर्जुमा, स्थानिय सरकाले द्वन्द पिडितलाई लक्षितगरी गर्ने आर्य आर्जनका काम, स्थानिय सरकार मार्फत द्वन्द पिडितहरुले गर्ने परिपुरण सुविधा उपभोग लगायतबारे छलफल भएको छ ।

न्यायका लागि नागरिक सञ्जाल बलान बिहुलका संयोजक पशुपती यादवको अध्यक्षतामा आयोजित गोष्ठीमा गाउँपालिकाकी उपाध्यक्ष रेणु यादव, वडा नम्वर १ का वडा अध्यक्ष रामकुमार यादव, २ का ईन्द्र देव यादव, ४ का लक्ष्मी नारायण झा, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुसहरू साह, कार्यपालिका सदस्य संजिव शर्मा, कार्यक्रमका स्थानीय सहजकर्ता लोकेन्द्र प्रसाद यादव र द्वन्द पिडित र उनका परिवारका सदस्यहरुको सहभागिता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780