जनकपुरधाम–प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा.जामुनप्रसाद सिंह नियुक्त भएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको यस अस्पतालमा डा. सिंहलाई शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशले नियुक्त गरेको हो ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंह विगत दश वर्षदेखि यसै अस्पतालमा कार्यरत्त छन् । यसअघि रहेका निर्देशक डा. रामनरेश पण्डितको सरुवा हुँदा डेढ महिनादेखि सो पद रिक्त थियो ।
डा. सिंह वरिष्ठ कन्सलटेन्ट प्रियाडटिक दशौं तहका मधेश सरकारका कर्मचारी हुन् ।