कोशी नदीमा बस खस्यो, १५ जनाको उद्धार

राजविराज, १० असोज-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ ब्यारेजस्थित विहीबार साँझ कोशी नदीमा बस खसेको छ ।

विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को.१ ख.४६०१ नम्वरको बस अनियन्त्रित भएर ३५ नम्वरको ढोकादेखि दक्षिणतर्फ खसेको हो ।

बस अनियन्त्रित भएर वाल भत्काई नदिमा खसेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनका अनुसार बसमा सवार १५ जनाको स्थानीयहरुको सहयोगमा उद्धार गरिएको छ भने अन्यको खोजी कार्य भईरहेको छ ।

थप विवरणका साथै अन्य के कति यात्रु रहेको विषयमा यकिन गर्ने कार्य भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस