स्थानीय तह उपनिर्वाचनमा कुन दलले कहाँ जिते ? (भिडिओ)

राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि आइतबार भएको मतदानको सबै नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले उपनिर्वाचन भएका सबै स्थानको परिणाम सार्वजनिक गरिसकेको छ । मत परिणामअनुसार नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकासँगै १६ वटा वडा जितेर पहिलो स्थानमा छ ।

नेकपा माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र एक नगर उपप्रमुखसहित ७ वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ ।

सत्ताको नेतृत्व गरिरकेको नेकपा एमाले भने एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडाध्यक्षमा विजयी हुँदै तेस्रो स्थानमा छ । जनता समाजवादी पार्टी नेपालले सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस