जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नासुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं–जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेका अनुसार नायवा सुब्बा यादव र साहको आपसी मिलेमतोमा सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउन सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

केही समयअघि २० हजार घुससहित नायव सुब्बा यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो जरिवाना र सजायको माग गरिएको अख्तियारले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780