जनकपुरको दुर्गा मन्दिर परिसरमा शव भेटियो, हत्या भएको आशंका

जनकपुरधाम–जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको आज बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो ।

उनको पहिचान हुन नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।

टाउकोमा इट्टा प्रहार भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।

उनी सुत्ने ठाउँमै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780