दर्ता भयो राजेन्द्र महतोको पार्टी, ग्यास सिलिन्डर चुनाव चिह्न

काठमाडौं–राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।

आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गरी प्रमाणपत्र पाएको हो । मंगलबार दर्ता गरी उक्त पार्टीलाई ग्यास सिलिन्डर चुनाव चिह्न प्रदान गरिएको छ ।

“…गाढा निलो रङको आयातकार झन्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डा समेत प्रदान गरिएको छ,” पार्टी अध्यक्ष राजेन्द्र महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालको दल दर्ता नं. २०१ कायम छ । स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780