कलेज आइरहेकी बालिका बलात्कृत, आरोपि मण्डल पक्राउ

रामशंकर भण्डारी
राजविराज, १० माघ–सप्तरीको विष्णुपुर गाउँपालिकामा कलेज आइरहेकी एक बालिका बलात्कृत भएकी छन् ।

बुधवार विहान साइकल लिएर राजविराजस्थित वल्डभिजन क्याम्पस आइरहेकी १५ वर्षीया बालिका सोही पालिका वडा नम्वर ७ स्थित कोशी नहरको दक्षिण डिलमा बलात्कृत भएकी हुन् ।

मझाउ टोलदेखि पूर्वतर्फ नहरको डिलमा सोही पालिका वडा नम्वर १ बस्ने १९ वर्षीय अकलेशकुमार मण्डलले बालिकालाई बलात्कार गरेको परिवारजनलाई उदृद्ध गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाले प्रतिकार गर्दा मण्डलले बालिकाको बाँया हात समेत भाँचिदिएको छ ।

घटनाको जानकारीपछि ईलाका प्रहरी कार्यालय विष्णुपुरका प्रहरीले टोलीले आरोपि मण्डललाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान भइरहेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यो पनिः

 

Author:



क्याटोगरी छान्‍नुहोस