काठमाडौंबाट धनुषा आएको बसमा एक यात्रु मृत फेला

जनकपुरधाम–काठमाडौंबाट धनुषा आएको नाइट बसमा एक यात्रु मृत फेला परेका छन् ।

आज बिहान लालगढ आइपुगेको मधेश प्र ०४ ख ०१५७ नम्बरको बसमा भारतीय यात्रु मृत फेला परेको हो । प्रहरीका अनुसार उक्त बसमा भारतको मधुवनी जिल्ला सिम्री टोलका ७० वर्षीय जगदीश यादव मृत फेला परेका हुन् ।

लालगढमा यात्रुहरु शौचालय गर्न ओर्लिएपछि उनलाई मृत अवस्थामा देखेका थिए । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले यात्रु यादवको मृत्यु कसरी भएको खुल्न नसकको बताए ।

उनले घटनाबारे सोधपुछ भइरहेको बताए । मृतक यादव काठमाडौंबाट जटहीका लागि बस चढेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780