काठमाडौं, २८ माघ–वैदेशिक रोजगारको नाममा ठगी गर्ने एक युवतीलाई पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका ५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेकी छन् । उनले जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग १ करोड २३ लाख ठगी गरेर बेपत्ता भएकी थिइन् ।
पीडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई आइतवार पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।