बलान खोलाबाट ३ सय ५ एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

रामशंकर भण्डारी

राजविराज, १७ फाल्गुन–प्रहरीले सप्तरीको बलान बिहुल गाउँपालिका–१ मल्हनियाँस्थित बलान खोलाबाट शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–९ का २१ वर्षिय चुडामणि रायमाझी र सो वडाका २० वर्षिय सुमन परियार रहेका छन् ।

खोला हुँदै लागुऔषध ओसारपसार भईरहेको गोप्य सुचनाका आधारमा मौवाहा–मल्हनिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हेमन्तबहादुर तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवै जनाको साथबाट डाइजेफेन, आइपिपिएल र फेनार्गन ९७/९७ एम्पुल तथा नाइट्राजेपाम १४ एम्पुल लागुऔषध बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कडरबोना पठाएइको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस