स्ववियु निर्वाचन : मविब क्याम्पस राजविराजमा मतदान सुरु

रामशंकर भण्डारी

राजविराज, ५ चैत्र । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

विहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचत समितिका संयोजक नन्दकिशोर यादवले जानकारी दिए । यस क्याम्पसमा स्ववियु सभापति पदका लागि पाँच जना चुनावी मैदानमा छन् ।

समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजितकुमार यादव, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिशकुमार यादव प्यानलसहित चुनावी मैदानमा छन् ।

त्यस्तै, विद्यार्थी जनमत संघबाट त्रिवेणीकुमार यादव, अनेरास्ववियुको तर्फबाट मनिषाकुमारी साह प्यानलसहित चुनावी मैदानमा छन् । त्यस्तै, स्वतन्त्रबाट विनयकुमार यादव सभापति पदमा चुनावी प्रतिस्पर्धा छन् ।

उक्त क्याम्पसमा कुल ३ हजार १२ जना मतदाता रहेका छन् । चुनावबाट सभापतिसहित प्रत्यक्षतर्फ १० र समानुपातितर्फ ९ गरी कूल १९ पदमा पदाधिकारी चयन हुनेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780