मविब राजविराजको स्ववियु सभापतिमा पुनः यादव विजयी

राजविराज, ६ चैत्र । सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा भएको स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी)को संयुक्त उम्मेदवार सभापतिमा रंजितकुमार यादव निर्वाचित भएका छन् ।

उनले ३ सय ९३ मत पाएर निर्वाचित भएको निर्वाचत समितिका संयोजक नन्दकिशोर यादवले जानकारी दिए । दोस्रो कार्यकालका लागि निर्वाचित भएका रंजितका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबाट विनयकुमार यादवले ३ सय ३२ मत प्राप्त गरेका छन् ।

स्ववियु सचिवमा पनि सोही प्यानलका मुकेशकुमार साहले निर्वाचित भएका छन् । उनी ३ सय ९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी अजय यादवले ३ सय २४ ले मत प्राप्त गरे ।

त्यस्तै, कोषाध्यक्षमा कञ्चनकुमारी ठाकुरले ४ सय १० मतसाथ निर्वाचित भएकी छन् । सोही प्यानलबाट उम्मेदवार रहेकी ठाकुरका प्रतिद्वन्द्वी मो.अबुजर आलमले २ सय ९५ ले मत प्राप्त गरे ।

प्रत्यक्षतर्फ सदस्य र समानुपातिकतर्फको मतगणना भने हुने क्रममा रहेको निर्वाचत समितिका संयोजक यादवले बताए ।

कुल तीन हजार १२ जना मतदाता रहेको मंगलबार मतदान हुँदा ४६ दशमलव ६० प्रतिशत मत खसेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780