गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनुपर्छ- उपेन्द्र 

काठमाडौँ १३, वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन ।

भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानूनी न्याय सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण प्रबन्ध गरिनु पर्ने उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर कमजोर र विकासशील देशहरूले बेहोरिरहेको हुँदा यसका लागि विकसित देशहरूले पर्यावरणीय क्षतिको जिम्मेवारी लिनु पर्ने बताए ।

वैश्विक व्यापार, कर प्रणाली र ऋणको बोझले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढदै गएको उल्लेख गर्दै उनले अर्थको न्यायपूर्ण वितरणमा चुनौती उत्पन्न गरेको दावी गरेका छन ।

‘युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन गरिरहेको छ । विश्वभरका सबै व्यक्तिहरूको मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्यायलाई प्रवर्धन गरिनु पर्दछ’- उनले भने।

जाति, लिंग, धर्म, वर्ग, राष्ट्रियता आदिको आधारमा भेदभाव बढदै गएको भन्दै अध्यक्ष यादवले मानिसको मौलिक अधिकार को रक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच, महिला, अल्पसंख्यक र सिमान्तकृत वर्ग समुदायहरूको अधिकार, स्रोत साधनमा पहुंच र प्रतिनिधित्वको सुनिश्चित्तता गरिनु आवश्यक रहेको उल्लेख गरे ।

सम्पूर्ण देश या राष्ट्रहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील शक्तिहरुले विश्वब्यापी रुपमा स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको अभियान निरन्तर जारी राख्न उनले आग्रह समेत गरेका छन ।

भारतको हैदरावादमा तेलांगाना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भईरहेको तीन दिवसीय उक्त सम्मेलनमा एक सय भन्दाबढी मुलुकका चार सयबढी समाजवादी राजनीतिक पार्टीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको छ

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780