सप्तरीमा बस पल्टिँदा दुईको मृत्यु, ६ जना घाइते

राजविराज, १४ वैशाख–सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना यात्रु घाइते भएका छन् । उदयपुरबाट विराटनगरतर्फ गइरहेको प्र१–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक अनियन्त्रित भई पल्टिँएर दुर्घटना भएको हो ।

दुर्घटनामा बसले च्यापिँदा महिला र पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनकाअनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन् । शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

दुर्घटनामा सप्तकोशी नगरपालिका–१ की २१ वर्षीया सुबेता दाहाल, सोही ठाउँकी २६ वर्षीया चेतना भट्टराई, झापाका मनोज भट्टराई, झापाकै मिना भट्टराई, उदयपुरको चौडढडी नगरपालिका–५ का ५९ वर्षीया कमला भुसाल घाइते भएका छन् । त्यस्तै, पहिचान नखुलेका ७५ वर्षीय एक जना वृद्ध गम्भीर घाइते छन् ।

उनलाई उपचारको लागि उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । अन्य केहीलाई नगर अस्पताल र केहीलाई स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक खतिवडाले बताए ।

दुर्घटनास्थलमा उद्धारका लागि ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले नेतृत्वमा टोली पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780