राजविराज, सप्तरी । सप्तरीको राजविराजमा भाइले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु भएको छ ।
राजविराज नगरपालिका–१ निवासी ४० वर्षीय लोकेन्द्र झाको आफ्नै भाइको बञ्चरो प्रहारबाट ज्यान गएको हो । झाका ३० वर्षीय भाइ नरेन्द्र झाले शुक्रबार बिहान १० बजेतिर लोकेन्द्रमाथि बञ्चरो प्रहार गरेका थिए । गम्भीर घाइते झालाई तत्काल राजविराजमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
घटना पारिवारिक विवादबाट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका नरेन्द्रको खोजी भइरहेको प्रहरीले बताएको छ ।