काठमाडौं, २६ साउन । एभिन्युज टेलिभिजनका संवाददाता वैद्यनाथ यादवमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ
महासंघद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गते सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर ३६ वर्षीय लालु यादवको मृत्यु भएपछि भएको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा केही व्यक्तिहरूले यादवमाथि आक्रमण गरेका थिए। महासंघले घटनाप्रति घोर निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारमाथि हुने यस्ता आक्रमण प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकारको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने उल्लेख छ।