सिरहा, २७ साउन । सिरहा स्थित बलान नदीमा नुहाउने क्रममा डुबेर हिजोदेखि वेपत्ता रहेका बालकको शव आज (मङ्गलबार) फेला परेको छ ।
सखुवानन्कारकट्टी गाउँपालिका–३ परियारपुरका १४ वर्षीय घनश्याम यादवको शव विहान करिब ११.३० बजेको समयमा फेला परेको हो । हुलाकी राजमार्गमा पर्ने बलान नदीको पुल नजिक उनी नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासिन्दा समेतले निरन्तर वेपत्ता बालकको खोजी कार्य जारी राखेका थिए ।
बर्दिबासबाट आएको गोताखोर टोलीको प्रयासमा पुलभन्दा करिब ५० मिटर दक्षिणतर्फ बालकको शव फेला पारेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् ।