सप्तरीमा पत्रकार सौरभ यादवमाथि चक्कु प्रहार

राजविराज, ३० साउन । सप्तरीका युवा पत्रकार सौरभ यादवमाथि शुक्रबार राजविराजमा चक्कु  प्रहार भएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि बिहान करिब १०:४२ बजे तीनजनाको समूहले चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी यादवमाथि प्रहार भएको हो । प्रेस मञ्च नेपालका प्रदेश पार्षद समेत रहेका उनलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ। घाइते यादवका अनुसार, आक्रमणमा संलग्नमध्ये छिन्नमस्ता गाउँपालिका–१, वीरपुरका कृष्णनाथ यादव (उर्फ क्याप्टेन), राजविराज–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झाले सामेल थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसी जितेन्द्र बस्नेतका अनुसार घटनामा संलग्नमध्ये एकजनाको पहिचान भइसकेको छ र अन्यको खोजी भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस