अपहरणको प्रयास असफल : चालक सहित दुई स्कार्पियो प्रहरी नियन्त्रणमा

राजविराज । राजविराज नगरपालिका–११ झल्हीका दिलिप यादवलाई बिहीबार राति अपरिचित समूहले अपहरणकाे प्रयास गरेको छ ।

मे १ च ४१७७ र प्रदेश १–०२–००२ च ७६०७ नम्बरको दुईवटा स्कार्पियो गाडी चढेर आएका व्यक्तिहरूले उनलाई जबरजस्ती नियन्त्रणमा लिन खोजेको हो । पीडित यादवका अनुसार उनी आफ्नै घरमा सुतिरहेको अवस्थामा राती १० बजे १०–१२ जनाको समूहमा आएका ती व्यक्तिहरू जबर्जस्ती घरमा पसेर कुटपिट गर्दै गाडीमा हाल्ने प्रयास गरेका थिए । अपहरणको प्रयासबारे स्थानीयवासिन्दाले जानकारी पाएपछि प्रतिकार गरेर छुटाएका थिए ।

वैदेशिक रोजगारीका नाममा रकम ठगी गरेको आरोप लगाउँदै ती व्यक्तिहरूले दिलीपलाई अपहरणको प्रयास गरेको जनाइएको छ । दिलिपलाई नियन्त्रणमा लिएर रकम असुली गर्ने नियत रहेको हुनसक्ने आशंका गरिएको छ ।

उक्त घटना पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले दुबै स्कारपियोका चालक सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । ती व्यक्तिहरुको सुनसरी जिल्लाबाट आएको खुलेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस