बालेन शाह पहिलो मधेसी मूलका कार्यकारी प्रमुख होइनन्, १२ औं हुन्

स्वागत नेपाल

बालेन शाहलाई नेपालका पहिलो मधेसी मूलका कार्यकारी प्रमुख भनेर मिडियाहरुले भने तर सत्य त्यो होइन. उनी मधेसी मूलका गोपाल वंश र महिषपाल वंश पछिका चाहिँ पहिलो कार्यकारी प्रमुख हुन् । र समग्रमा उनी मधेसी मूलका १२ औं कार्यकारी प्रमुख हुन् । किनकि नेपालमा शासन गर्ने वंश इतिहास अनुसार गोपाल वंश, महिषपाल वंश मधेसी मूलका हुन् ।

गोपालहरु गाई पालक र महिषपाल भैंसी पालक समुदायका हुन् । उनीहरुलाई इतिहासकारहरुले अस्ट्रोल वा नागजाति वा वर्तमानका खस र यादव हुन् भनेर इतिहास अनुसार सबैभन्दा पूरानो हालसम्म प्राप्त वंशावली गोपालराजवंशावलीमा उल्लेख गरिएको छ । गोपाल वंशका भूमिगुप्त, जयगुप्त, धर्मगुप्त हर्षगुप्त भीमगुप्त मणिगुप्त विष्णुगुप्त र जिन (जिष्णु) गुप्त गरी ८ जना कार्यकारी प्रमुखले ५८१ वर्ष कार्यकारी प्रमुखका रुपमा शासन गरेका थिए ।

यक्ष गुप्तले शासन गर्न पाएनन्, उनलाई अन्तिम गोपालवंशी राजा भन्ने पनि इतिहासमा भेटिन्छ भने महिषपाल वंशका वरसिंह, जयसिंह र भुवनसिंहले ३ जना कार्यकारी प्रमुखले १११ वर्ष शासन गरेका थिए । कतिपय इतिहासकारहरुले गोपाल र महिषपाल भोट–बर्मेलीभाषीका पुर्खा हुन् भन्ने पनि उल्लेख गरेका छन् भने उनीहरु आभिर जाति अन्तर्गत निप एक उपजाति हो र निप अनि आल जोडिएर नेपाल शब्द व्युत्पत्ति भई बनेको हो भन्ने मैले पनि इतिहास विषयमा पढेको हुँ । आल भनेको अहिले आलय अर्थात् घर बुझिने प्रत्यय हो ।

चलचित्र र आलय जोडिएपछि चलचित्रालय ( चलचित्र घर) कार्य र आलय जोडिएपछि कार्यालय ( काम काज गर्ने घर) शौच र आलय ( शौच गर्ने घर, शौचालय) जस्तै निप आलय हुँदै नेपालयबाट नेपाल बनेको र ने मुनिले ग्वालाहरु मध्ये भुक्तमानलाई राजा बनाएको, त्यसैले आभिर जाति अन्तर्गतको निप उपजातिका ने मुनिद्वारा पालित भएकोले नेपाल भनिएको भन्ने कोर्षमा पढेको, विश्वविद्यालयमा त्यही जवाफ लेखेर पास गरेको पनि अझै वाक्य वाक्य मलाई याद छ ।

धेरै इतिहासकारहरुले सयौं वर्षदेखि उल्लेख गरेको हामीले विश्वविद्यालयमा इतिहासमा विषयमा पढेका हौं । यो समुदायलाई आर्य गणजाति भनेर पढाइएको थियो । उनीहरू सिम्रौनगढ र जनकपुरबीचको मधेस क्षेत्रबाट काठमाडौं आएको इतिहासमा उल्लेख छ । इतिहास शिरोमणि बाबुराम आचार्य, इतिहासकारहरु ज्ञानमणि नेपाल (मेरै हजुरबुवा समेत), सुदर्शनराज तिवारी, कुलचन्द्र कोइराला र अनुसन्धाता मोदनाथ प्रश्रितले पनि कतिपय अनुसन्धानमा गोपाल वंश र महिषपाल वंशलाई खस, आर्य र यादव महावंश भनेका छन् । खसहरू मुख्य रुपमा मूलतः पश्चिम नेपालका पहाडी क्षेत्रमा वसोवास गर्थे ।

वैदिक आर्यहरू उत्तर भारतमा बढी थिए भन्ने इतिहासकार रामशरण शर्माले प्राचीन भारत में भौतिक प्रगति एवं सामाजिक संरचनाएँ पुस्तक, एसके चटर्जीको ‘रेस मुभमेन्ट्स् एन्ड प्रिहिस्टरिक कल्चर समेतमा उल्लेख गरेका छन् । सबैभन्दा महत्वपूर्ण तथ्य यो छ कि गोपाल वंशी र महिषपाल वंशी मधेसी मुलका शासकहरुले आफ्ना छोरा जन्मँदा कहिल्यै पनि अंशबण्डा गरेर राज्य टुक्र्याएनन् । तर जब मल्ल वंश शुरु भयो अनि छोरा जन्मिने बित्तिकै अंशबण्डा गरेर राज्य टुक्र्याउन थाले । पछि त्यसरी अंशबण्डा गरेर राज्य टुक्र्याउनेहरुलाई नै पृथ्वीनारायण शाहले टुक्राटुक्रा गरिदिए र गोपाल महिषपाल वंशका मधेसी मुलका शासकहरुले एक राखेको राज्य परम्परालाई एक बनाउँदै लगे ।

अब फेरि नेपाललाई २२ से २४ से राज्यको रुपमा नेपालको सार्वभौभसत्ता टुक्रा टुक्रा गर्ने प्रयास सबैतिरबाट भइरहेको छ । मधेसी मूलका बालेन शाहले त्यसलाई रोक्नुपर्छ । यो एउटा ऐतिहासिक अवसर हो । साभारः facebook /Imgare:AI

Author:



क्याटोगरी छान्‍नुहोस