एजेन्सी। लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ।
विष्फोटक पदार्थले भरिएको साे गोदाममा भएको विष्फोटका कारण अन्य ४ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।
समाचार एजेन्सी राेयटर्सका अनुसार मारिनेमा बीबीसीका एक पत्रकार पनि रहेको छ । गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ।
लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।