तस्करी गरी भारततर्फ लैजाँदै गरेको ६७ वटा बाख्रा नियन्त्रणमा

राजविराज–तस्करी गरी भारततर्फ लैजाँदै गरेको ६७ वटा बाख्रा सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित बलान खोलाबाट नियन्त्रणमा लिएको छ ।

जिल्लाका गाउँहरूबाट बाख्रा खरिद गरी तस्करी भइरहेको भनि आएको सूचना आधारमा खटिएको सशस्त्र प्रहरीले सोमबार उक्त बाख्रा नियन्त्रणमा लिएको हो ।

बाख्रा डोर्‍याउँदै आएका मानिसहरू भने फरार भएको सिरहाका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले बताए ।

भण्डारीका अनुसार उक्त बाख्रा २ लाख १ हजार रुपैयाँ मूल्य बराबरका छन् । नियन्त्रणमा लिइएका बाख्रा भन्सार बुझाउने तयारी भइरहेको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस