काठमाडौं–राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।
आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ नामक राजनीतिक दल दर्ता गरी प्रमाणपत्र पाएको हो । मंगलबार दर्ता गरी उक्त पार्टीलाई ग्यास सिलिन्डर चुनाव चिह्न प्रदान गरिएको छ ।
“…गाढा निलो रङको आयातकार झन्डाको मध्यभागमा तीर धनुष रहने गरी झन्डा समेत प्रदान गरिएको छ,” पार्टी अध्यक्ष राजेन्द्र महतोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको दल दर्ता नं. २०१ कायम छ । स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने उनले जानकारी दिए ।