आइसोलेसनको सहितको समस्याप्रति गम्भीर बन्न आग्रह

राजविराज, १८ साउन । विगत केही दिनयता सप्तरी जिल्लामा विगत केही दिनयता आइसोलेसनको दुरावस्थासहितको विषयमा सार्वजनिक भएका विषयहरुप्रति स्थानीय वौद्धिकवर्ग एवम् युवाहरुको ध्यानाकर्षण भएको छ ।

सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालमाफृत आइसोलेसन सरसफाई, कमसल खाना, घरपरिवारबाट आएको खानामा रोक लगाएको सहितका बिषयहरुमा सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्दै राजविराजमा शान्तिपूर्ण र्याली आयोजना गरिएको हो । पूर्वमन्त्री उमेश कुमार यादव, युवा, विद्यार्थी सहित सचेतवर्गको सहभागितामा सामाजिक दूरी कायम गर्दै निकालिएको र्याली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

उनीहरुले क्वारेन्टाईन र आईसोलेसन सरकारले तोकेको मापदण्ड अनुसार हुनुपर्ने, पिसिआर टेष्टको दायरा बढाउनुपर्ने, सरसफाईको समुचित व्यवस्थापन, मिलाउनुपर्ने लगायतका मागसहित फ्रन्ट लाइनमा काम गर्नेहरुप्रति सम्मान प्रकट गर्दै सर्वसाधारणलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस