img img img

महामारीका बेला अस्पतालमा जनशक्ति अभाव

राजविराज, १८ साउन । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित मेडिकल सुपरिन्टेन्डेन्ट रणजित कुमार झाले जनशक्ति अभावका कारण आफुहरुलाई काम गर्न भ्याई–नभ्याईको अवस्था रहेको बताएका छन् ।

आइतवार आयोजित वार्षिक समिक्षा कार्यक्रममा उनले अस्पतालको विविध पक्षहरुबारे जानकारी दिने क्रममा यस्तो बताएका हुन् । कोरोना संक्रमणको अवस्थामा थप जनशक्ति आवश्यक रहेकोमा उपलब्ध जनशक्तिबाटै कोरोना संक्रमित, आइसोलेसन तथा अस्पतालको नियमित सेवाहरु सञ्चालन गर्दैआएको जानकारी दिँदै उनले भने ‘हाल ५० शैय्याको अस्पतालमा १२४ शैय्या सञ्चालन गर्दैआएका छौं ।’

उनका अनुसार नेपाल सरकारको १०१ जना चिकित्सहित स्वास्थ्यकर्मीको रहेकोमा हाल ५१ जना मात्रै रहेको छ । अस्पतालमा अझैं ५० जना चिकित्सकसहित जनशक्ति अभाव रहेको छ । नेपाल सरकारबाट करारमा १६ चिकित्सक तथा अन्य गरी ६७ जना, स्थानीय गाउँपालिका तथा नगरपालिकाको सहयोगमा ४ चिकित्सकसहित १६ जना, विकास समितिको तर्फबाट १ चिकित्ससहित ६५ जना कार्यरत रहेको उनले जानकारी दिए । करारमा रहेकाहरुको म्याद समेत समाप्त भईसकेकोले चिन्ता थपिएको उनले बताए ।

अस्पतालको मेडिकल ९ हजार ५२८, फिभर क्लिनिकमा ५ सय ४३, पेडियाट्रिक ६ हजार १९, गाइने ओपिडी ५ हजार १ सय ३०, ओर्थोपेडिक ओपिडी ४ हजार ९७, सर्जिकल ओपिडी २ हजार ५ सय २३, डेन्टल ओपिडीबाट १ हजार ३ सय २६ र ईएनटी १ हजार ६२ जनाले सेवा लिएको डा. झाले बताए । नर्मल डेलिभरी ३ हजार ६९, कम्पलिकेशन डेलिभरी २ सय ८७ र ओपरेशन डेलिभरी ३ सय ८० जनाको गरिएको उनले जानकारी दिएका छन् ।

यसैगरी अस्पतालको डायलायसिसबाट २६ जनाले सेवा लिएका छन् । एक्सरे सेवा ८ हजार ४ सय ७, अल्ट्रासाउण्ड सर्भिस २ हजार ३, ल्याबोरेटरी टेष्ट एक लाख ३ हजार ६ सय ६०, मेजर अप्रेसन १, माइनर अप्रेसन १ सय ४, प्लाष्टर १६, पुलिस केस १ हजार १ सय ७१ जनाले सेवा लिएका छन् । यस्तै परिवार नियोजन सेवातर्फ आइयुसिडी ३६, ईम्प्लान्ट ९२, डिपो ३५, पिल्स ३६, कण्डम ८ सय १०, पिपिआइसियुडि ८, मिनिल्याप ७ सय ९, सिएसी ४० समेत गरी एक हजार ७ सय ६६ जनाले सेवा लिएका छन् । पोषण पुर्नस्थापना गृहबाट १ सय ३३ जनाले सेवा लिएको निमित मे.सु.झाले बताए । उनका अनुसार सामाजिक सेवा ईकाईबाट १ हजार ४५ जनाले सेवा लिएका छन् । एचआइभी एड्सतर्फ २ सय २७ र ओसिएमसीतर्फ २ सय ९४ जनाले सेवा लिएका छन् ।

Author:

क्याटोगरी छान्‍नुहोस