भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

एजेन्सी । भारतका गृहमन्त्री अमित शाहलाई आइतवार कोरोना पुष्टि भएको छ । उनले आइतवारै आफ्नो ट्वीटरमार्फत आफु कोरोना पोजेटिभ आएको सार्वजनिक गरेका हुन् ।


कोरोनाका प्रारम्भिक लक्षणका आधारमा परीक्षण गर्दा गृहमन्त्री शाहमा रिपोर्ट पोजेटिभ आएको हो । यसअघि आइतवार मात्रै उत्तर प्रदेशकी प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको कोरोनाका कारण निधन भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस