गजेन्द्रनारायण सिंंह अस्पताल सिल [यस्तो छ कारण]

राजविराज, २३ साउन । सप्तरीकोे राजविराजस्थित गजेन्द्रनारायण सिंंह अस्पताल शुक्रवारबाट सिल गरिएको छ । स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि अस्पताल सिल गरिएको हो ।

विहिवार साँझ आकस्मिक कक्षका थप ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि केही समयकालागि अस्पताल सिल गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजितकुमार झाले जानकारी दिए । ‘अस्पताललाई स्यानिटाइज गर्ने कार्य भइरहेको छ, साथै स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङ पनि जारी छ’ उनले भने–‘ तत्कालकालागि आकस्मिक कक्ष, सर्जरी र ओपिडी सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।’

मेडिकल सुपरिन्टेन्डेन्ट डा.झाका अनुसार स्यानिटाइजर र कन्ट्याक्ट ट्रेसिङ कार्य सकिएसँगै सो सेवाहरु सञ्चालन गरिनेछ । अस्पतालमा हालसम्म ८ जना स्वास्थ्यकर्मी तथा एक सरसफाईतर्फका कर्मचारी गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ जना निको भएर घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ ।

यता, सप्तरीभर ५ सय ५८ जनामा संक्रमित देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । कार्यालय प्रमुख दुनीयालाल यादवकाअनुसार हालसम्म १ सय ८० कोरोनामुक्त भएर घर फर्किएका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस