नेपालमा २४ घण्टामा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रवार ७ हजार ९ सय २६ पीसीआर टेस्ट गरिएको छ भने संक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४ सय २५ डिस्चार्ज भएर घर फर्किएसँगै अहिलेसम्म १५ हजार ८ सय १४ जना कोरोनामुक्त भएको उनले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस