प्रदेश २ मा ३ हजारबढी कोरोनामुक्त, २४ घण्टामा १७९ संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा हालसम्म तीन हजारबढी संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ३ हजार ३०४ जना कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा प्रदेशभरिमा ३१ महिलासहित १७९ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक मन्त्रालयका अनुसार जसमध्ये पर्सामा मात्रै १३३ जनामा संक्रमण पुष्टि भएको हो । सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा ९, बारामा ५ र रौतहटमा ४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

प्रदेशभरिमा संक्रमितको संख्या ५ हजार ५१४ पुगेको मन्त्रालयको तथ्याङ्कमा छ । कोरोनाबाट प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस