आइसोलेसनकालागि सप्तरी युथ नेपालको सहयोग

राजविराज, २३ साउन । राजविराज स्थित साइकृष्णा आइसोलेसनमा व्यवस्थापन पक्षको त्रुटीबारे आलोचना भईरहँदा सप्तरी युथ नेपालले आइसोलेसनकालागि केही सामानहरु उपलब्ध गराएको छ ।

आइसोलेसनमा रहेका बालक, तथा वृद्धलाई लक्षित गरी आठ प्रकारका सामग्री युथ नेपालका पदाधिकारीहरुले शुक्रवार गजेन्द्रनारायण सिह अस्पताललाई हस्तान्तरण गरेका हुन् । सामानहरुमा पिपिई सेट ५ थान, डेटोल साबुन १ सय ५० ओटा, मच्छर धुप ५० प्याकेट, गुडनाइट २५ प्याकेट, हर्लिक्स ७ डिब्बा, बेगन स्प्रे १० ओटा, रुम स्प्रे ५ पिस, बिस्कुट ८४ डिब्बा रहेको छ । संस्थाका पदाधिकारीहरुले व्यक्तिगत रुपमा सहयोग संकलन गरी उक्त सामानहरु उपलब्ध गराएको जनाईएको छ ।

सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष मोहन कुमार यादव, कोषाध्यक्ष विष्णु यादव लगायतले उक्त सामानहरु आइसोलेसनकालागि उपलब्ध गराएकोले सोही प्रयोजनमा प्रयोग गर्न आग्रह गरेका छन् । सोही अवसरमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले कोभिड १९ को महामारीसँग जुझिरहेको अवस्थामा सप्तरी युथ नेपालका युवाहरुले गरेको सहयोग सराहनीय भन्दै प्रशंसा गरेका छन् ।

अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झालाई सामानहरु हस्तान्तरण गर्दै सप्तरी युथ नेपालका पदाधिकारीहरु ।
Author:



क्याटोगरी छान्‍नुहोस