विश्वभर एकैदिन ६ हजार ८१५ कोरोना संक्रमितको ज्यान गयाे

एजेन्सी । काेराेना संक्रमणबाट विश्वभर शुक्रबार ६ हजारबढी व्यक्तिको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ६ हजार ८ सय १५ जना कोरोना संक्रमितको ज्यान गएको हाे।

यो अघिल्लो दिनको भन्दा केही धेरै हो । विहिवार छ हजार ४ सय ८८ कोरोना संक्रमितको ज्यान गएको थियो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९ हजार ५११ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस