गजेन्द्रनारायण सिंंह अस्पतालमा सेवा सुचारु

राजविराज, २४ साउन । सप्तरीकोे राजविराजस्थित गजेन्द्रनारायण सिंंह अस्पतालमा सेवा सुचारु भएको छ । स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि शुक्रवार अस्पताल सिल गरिएको अस्पताल थियो ।

शुक्रवार साँझ ८ बजेबाटै आकस्मिक सेवा सुचारु भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजितकुमार झाले जानकारी दिए । ‘अस्पताल स्यानिटाइज गरिएसँगै आकस्मिक सेवा सुचारु भएको हो’ उनले भने–‘ यद्यपी, अस्पतालमा जनशक्ति अभावकासाथै उपलब्ध जनशक्ति पनि आइसोलेसनमा रहेकाले सर्जरी सेवा प्रभावित नै छ ।’

मेडिकल सुपरिन्टेन्डेन्ट डा.झाका हालसम्म ८ जना स्वास्थ्यकर्मी तथा एक सरसफाईतर्फका कर्मचारी गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ जना निको भएर घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस